FAQs Complain Problems

समाचार

सुझाब सल्लाह

योजनाको रनिङविल माग गर्दा के के कागज पेश गर्नु पर्छ ?

  • उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
  • डा कार्यालयको राय सिफारिस पत्र।
  • उक्त अवधि सम्म भए गरेको कार्यको प्राविधिक मूल्यांकन (रनिङ विल)।
  • प्राविधिक MEASUREMENT BOOK।
  • योजनामा भए गरेको कार्यको तस्विर/फोटो।
  • उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (रनिङ विल माग गर्ने भनी गरिएको निर्णय)।
  • योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस।
  • खर्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN  विल अनिवार्य हुनु पर्नेछ।
  • डोर हाजिर फारम (प्रमाणित)।
  • खर्च सार्वजनिक सूचना फारम (तोकिए बमोजिमको ढाँचामा)।
  • सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।
  •  बीस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।

योजना सम्झौता गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातहरु के के हुन् ?

  1. उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि।
  2. उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि।
  3. आयोजनाको लागत अनुमान विवरण।
  4. उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय।
  5. आयोजनाको कार्यान्वयनको कार्य तालिका।
  6. खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजात।
  7. योजना संचालन हुनु भन्दा पहिलेको योजना स्थलको स्पष्ट देखिने र खुल्ने गरी खिचिएको फोटो।
  8. योजनाको छाप।

Pages