FAQs Complain Problems

समाचार

शिक्षा, युवा तथा खेलकुद शाखा

शिक्षा, युवा तथा खेलकुद शाखाका काम कर्तब्य र अधिकार

• प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, नियमन ।
• प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन ।
• पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन ।
• विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन ।
• विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन ।
• शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार ।
• आधारभूत तह (कक्षा ८) को परीषा व्यवस्थापन ।
• विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन ।
• विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन ।
• शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन ।
• स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रबद्र्धन र स्तरीकरण ।
• माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन ।
• पुस्तकालय एवम् पत्रपत्रिका ।
• स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।
• नेपाल सरकारबाट शिक्षातर्फ प्राप्त सशर्त अनुदानको सम्पूर्ण बजेट तथा कार्यक्रम सञ्चालन ।
• स्थानीयस्तरमा खेलकूद प्रशासन तथा संघ संस्थाको नियमन र समन्वय ।
• खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास ।
• खेलकुदको विकास र प्रबद्र्धन ।
• खेलकुद प्रतियोगिता आयोजना र सहभागीता ।
• अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।
• युवा जागरण, सशक्तिकरण र परिचालन ।
• युवा सीप, उद्यमशीलता तथा नेतृत्व विकास ।
• खेलकुद विकास समिति गठन व्यवस्थापन तथा परिचालन ।