FAQs Complain Problems

Blogs

संक्षिप्त परिचय

लुम्बिनी प्रदेश  अन्तर्गत रुपन्देही जिल्लाका साविकका ६ वटा गा.वि.स. हरु (शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, टिकुलीगढ र मधवलिया) मिलेर २०७१/१/२५ मा स्थापना भएको तिलोत्तमा नगरपालिकामा हाल गंगोलिया गा.वि.स समेत समायोजन भई सुन्दरता र  सम्पन्नताको अनुपम नमुनाको रुपमा परिचित  छ । रुपन्देही जिल्लाको मध्यभागमा अवस्थित यो नगरपालिका लुम्विनी अञ्चल रुपन्देही जिल्लाको वीच भाग भएर वग्ने नदीको नामवाट नामाकरण गरिएको हो । महाभारतमा व्रम्हाजीले सवै रत्नहरुवाट तिलका गेडा(दाना) बरावरको सुन्दरता निकालेर तिलोत्तमा नदीको उत्पन्न गराएको किम्वदन्ती रहेको पाईन्छ ।
भौगोलिक हिसावले २७ डिग्री ३३ मिनेट उत्तरदेखि २७ डिग्री ३९ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री २५ मिनेट पूर्वदेखि ८३ डिग्री ३३ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको यो नगरपालिका  समुद्र सतहदेखि १६० देखि १७५ मीटर सम्म उचाईमा अवस्थित छ ।  पूर्वमा रोहणी नदी र देवदह नगरपालिका, पश्चिममा तिनाउ नदी, सियारी र शुद्धोधन गाँउपालिका, उत्तरी सिमामा वुटवल उपमहानगरपालिका र दक्षिणमा ओमसतिया गाँउपालिका र सिद्धार्थनगर नगरपालिका सीमाना रहेको तिलोत्तमा नगरपालिकाको कूल क्षेत्रफल १२४.८ वर्ग किलोमिटर रहेको छ  भने यो क्षेत्रमा उष्ण प्रदेशीय हावापानी पाईन्छ ।

२०६८ सालको जनगणना अनुसार तिलोत्तमा नगरपालिकाको कुल जनसंख्या १ लाख १ सय उन्पचास रहेको छ भने यस क्षेत्रको जनघनत्व ७९३.६३ तथा औषत वार्षिक जनसंख्या वृद्धिदर २.२६ छ । भने २०७८ को अनुसार तिलोत्तमा नगरपालिकाको जनसंख्या १४९६५७ रहेकाे छ । सामाजिक, सास्कृतिक, प्राकृतिक, जैविक विविधताले भरिपूर्ण रहेको यस नगरपालिकामा व्राम्हण, क्षेत्री, थारु, मगर, विश्वकर्मा, गुरुङ्ग, यादव लगायत ५८ प्रकारका जातीहरुको वसोवास रहेको छ भने नेपाली, थारु, मगर, अवधि, भोजपुरी मैथली जस्ता थुप्रै भाषाहरु यस क्षेत्रमा वसोवास गर्ने मानिसहरुको मातृ भाषा रहेको छ । यो नगरपालिकामा फरक फरक जातजाती, धर्मसस्कृती र भेषभुषा भएपनि विविधता वीचको साझा वन्दन र आपसि सहिष्णुताले गर्दा अनेकतामा एकताको अनुकरणीय नमुनाको रुपमा स्थापित भएको छ ।